सीमा क्षेत्रको तनाव खाडो नदी नियन्त्रण गर्न सप्तरीका पत्रकारको माग

राजविराज, चैत १७ । नेपाल र भारत दुबै देशको साझा समस्या बनेको र बेला बेलामा दुबै पक्षबिच तनावको वियाष् बनेको खाडो नदी नियन्त्रण गर्न सप्तरीका पत्रकारहरुले माग गरेका छन् ।

खाडो नदीको पानीको बहावलाई लिएर वर्षेनी नेपाल र भारतबीच हुने गरेको द्वन्द्वको स्थायी समाधानको माग गर्दे शुक्रबार सप्तरीका पत्रकारहरुले पदयात्रा र प्रदर्शन गरेका हुन् ।

नेपाल पत्रकार महासंघ शाखा(सप्तरी)सम्बद्ध सञ्चारकर्मीहरुले महासंघको ६३औं स्थापना दिवसको अवसरमा सदरमुकाम राजविराज देखि सिमावर्ती दशगजा क्षेत्रसम्म पदयात्रा गरेका हुन् । सीमावर्ती तिलाठी र भारत बिहारको कुनौलीको बीचमा पर्ने दशगजा क्षेत्रमा पुगेर सो पदयात्रा सभामा परिणत भएको थियो ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले राष्ट्रियताको सवालमा सप्तरीका पत्रकार जगत सधै तत्पर रहने भन्दै दुवै पक्षलाई मिलेर तत्काल समास्याको सम्बोधन गर्न आग्रह गरे । नुन समेत किन्न भारतीय बजार कुनौली नै जाने बाध्यता रहेकाले उनीहरुसँग द्वन्द्व बढाउन नसकिने भएकाले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन पदयात्रा गरिएको बताए ।

कार्यक्रममा बोल्दै तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले खाडो नदीका कारण नेपाल र भारत दुवैतर्फ हुने गरेको क्षति न्यूनीकरणका लागि आपसी सहयोग अपिरहार्य रहेको बताए ।

यस्तै, साविक तिलाठी गाउँपालिकाका उपाध्यक्ष अमिर झाले खाडो नदीको पानीको बहाव भारततर्फ रहेको र सीमावर्ती क्षेत्रका बासिन्दाहरुले पानी भारततर्फ जान दिन नचाहेका कारण पटक–पटक विवाद उत्पन्न भइरहेकाले दुवै पक्ष गम्भीर हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *