गोरु काटेको आरोपमा ६ जना पक्राउ

काठमाडौं, चैत १७ । पाँचथरमा गोरु काटेको आरोपमा ६ जना पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका–४ देउ कुमार तामाङको घरमा गोरु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई राति १० बजे पक्राउ गरेको हो ।

रातिको समयमा गोरु काटेको भन्ने खबर पाएर गएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ सालघारीका ३४ बर्षिय देउ कुमार तामाङ, ३३ बर्षिय सन्त बहादुर तामाङ, ५१ बर्षिय विर्खबहादुर तामाङ, २६ बर्षिय सुजन तामाङ,२८ बर्षिय राज कुमार राई र स्याङजा घर भई फिदिम–९ लुम्फाबुङ बस्ने ३७ बर्षिय सुशिल विश्वकर्मा रहेका छन्।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको प्रदेश प्रहरी कर्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *