काठमाडौंमा मेगा अस्ट्रेलियन फेयर शुरु, विद्यार्थीको भिड

चैत्र १६, काठमाडौं । Abroad Study का लागि अस्ट्रेलिया जाने साेच बनार्इरहेका प्लस टु, ब्याचलर गरेका विद्यार्थीलार्इ लक्षित गर्दै आजबाट राजधानीमा तेस्रो मेगा अस्ट्रेलियन एजुकेशन फेयर शुरु भएको छ । दरवारमार्ग स्थित होटेल अन्नपूर्णमा शुरु भएको मेगा अस्ट्रेलियन फेयरको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले गरेका छन् ।

वान अप प्रा.लि.को आयोजनामा भएको फेयरमा विद्यार्थीले अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृत्ति, लागतका विषयमा विज्ञहरुबाट जानकारी पाउने आयोजक वान अपका भोला पोखरेलले जानकारी दिए ।

ब्रिटिस काउन्सील प्रस्तुतकर्ता रहेको उक्त फेयरमा अस्ट्रेलियाका उत्कृष्ट कलेज र यूनिभर्सिटी तथा कन्सल्टेन्सिहरु गरी ३० वटा भन्दा बढी संस्थाहरुको सहभागीता रहेको छ ।  

फेयरमा विभिन्न कलेज तथा यूनिभर्सिटीका प्रतिनिधिहरुले विद्यार्थीलाई करियर काउन्सेलिङका साथै अस्ट्रेलियन कलेज तथा विश्वविद्यालयको बारेमा जानकारी दिने तथा IELTS मा उच्च अंक प्राप्त गर्ने तरिका समेत बताउने आयोजकले जनाएको छ ।

एजुकेशन फेयरको इन एशोसिएशन विथमा एजुकेशन पार्क रहेको छ । मुख्य प्रायोजकहरुमा हार्वर कलेज अस्ट्रेलिया, अस स्टडीज, एआइपी एजुकेशन कन्सल्टेन्सी, इ–प्लानेट एजुकेशन, काठमाडौं इन्फोसिस, ओली एण्ड एसोसिएट्स, प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी र क्विन्सफोर्ड कलेज अस्ट्रेलिया रहेका छन् ।

फेयरको प्रायोजकहरुमा भने डाइनामिक युनिभर्स, हब इन्टरनेशल, एक्सेस एजुकेशन नेटवर्क, एइ ग्लोवल, अल्फाविटा, बुमर्याङ इन्टरनेशनल, चिसम इन्ष्टिच्युट, एक्सपर्ट एजुकेशन, ग्रेस इन्टरनेशनल, मेट्स एजुकेशन, नोवेल एजुकेशन, पाथ फाइन्डर इन्टरनेशल एजुकेशन, पिक्सर एजुकेशन, द–नेक्स्ट, युनिक्याम्पस र वाइड रेन्ज इन्टरनेशनल रहेका छन् । फेयरको आइटी पार्टनरमा कम्युनिकेट मिडिया रहेको छ ।

दुईदिन सम्म चल्ने फेयरमा पाँच हजार बढि विद्यार्थी अभिभावक सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *