स्थानीय तहका कर्मचारी एक हप्ताभित्रमा खटाइने

काठमाडौँ, चैत १६ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका दरवन्दी अनुसार एक हप्ताभित्रमा कर्मचारी खटाउने कार्य शुरु गर्ने जनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिएको दरवन्दी अनुसार ५७ हजार ३५४ कर्मचारीलाई अवको एक हप्तामा खटाउन शुरु गर्ने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

‘‘भर्खरै स्थानीय तहको सांगठनिक संरचना मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ’’ उहाँले भन्नुभयो–‘‘अव कुन स्थानीय तहलाई कति कर्मचारी आवश्यक हुन्छ । त्यसैको आधारका कर्मचारी खटाउने छौ ।’’

स्वीकृत भएको दरवन्दी अनुसार ३७ हजार ६९६ महानगर,उपमहानगर,नगरपालिका र गाउँपालिकाका कार्यालय तथा वडा कार्यालयमा र १९ हजार ५५८ कर्मचारी स्थानीय तहका स्वास्थ्यचौकी, पशुकेन्द्र शिक्षा, वन लगायत शाखा कार्यालमा रहने छ ।

सचिव थपलियका अनुसार स्वीकृत ५७ हजार ३५४ कर्मचारीको दरवन्दी अनुसार केही कर्मचारी त्यही स्थानीय तहमा रहेकोले १६ हजार ८० जना मात्र नयाँ कर्मचारी खटाएइने छ ।  उहाँले चैत मसान्तसम्म ८० प्रतिशत कर्मचा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *