नेपाल पत्रकार महासंघ स्थापनाको ६३ औं वर्षमा प्रवेश, बिभिन्न कार्यक्रम गरेर मनाईदै

काठमाडौं, चैत १६ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज स्थापना दिवस मनाउँदैछ । ६३औं स्थापना दिवसको अवसरमा महासंघले देशभरका विभिन्न ठाउँमा कार्यक्रम गर्दैछ ।

काठमाडौंमा पत्रकार महासंघका पूर्व सभापतिलाई सम्मानसहितको कार्यक्रम राखिएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले शुभकामना दिदै श्रमजीवी पत्रकारको हकहितका लागि पत्रकार महासंघ प्रतिवद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय आमसञ्चार नीति २०७३ लाई कार्यान्वयन गर्ने र त्यसै अनुसारको नीति अनुरुप सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि उहाँले सरकारसँग माग गर्नु भएको छ ।

उहाँले विज्ञप्तीमा समानुपातिक विज्ञापन नीतिको कार्यान्वयन, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको ब्यवस्था गर्न पनि ध्यानआकर्षण गराउनु भएको छ ।

स्थापना दिवसका अवसरमा महासंघ केन्द्रीय कार्यालयमा विहान १० बजे महासंघका पूर्वसभापति तथा अध्यक्ष ज्यूहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ बजेदेखि ५ बजेसम्म चियापान कार्यक्रमको आयोजना गरेको छ । २०११ साल चैत १६ गते महासंघ स्थापना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *