भरतपुर महानगर प्रमुख रेनु दाहालकै रोहवरमा पत्रकारमाथि दुव्र्यवहार, महासंघद्धारा खेद प्रकट

भरतपुर, चैत १५ । भरतपुर महानगरपालिकामा पत्रकारमाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विज्ञप्ति जारी गरी विरोध गरेको छ ।

समाचार संकलनका लागि भरतपुर महानगरपालिका पुगेका पत्रकारलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको भन्दै घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भरतपुर महानगरले चितवनका व्यवसायीमाथि लगाएको करको विषयमा समाचार संकलनका लागि महानगर पुगेका पत्रकारमाथि मंगलबार दुव्र्यवहार भएको थियो ।

महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहकै रोहवरमा प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं. १० का अध्यक्ष अरुणपीडित भण्डारीले गालीगलौजसहित दुव्र्यवहार गरी कार्यक्रम स्थलबाट पत्रकारहरुलाई बाहिर निकालेका थिए ।

‘नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेका पत्रकारलाई समाचार संकलनमा रोक लगाई दुव्र्यवहार गरिएको यो घटना प्रेस स्वतन्त्रतामाथिकोे हस्तक्षेप हो’ महासंघका केन्द्रीय महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारको संविधानप्रदत्त अधिकारमाथि आघात पु¥याउने यो घटनाको महासंघ कडा शब्दमा भत्र्सना गर्दछ । दोषीमाथि कारबाही गर्न र पत्रकारको संविधानप्रदत्त अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ ।’

महासंघ चितवन शाखाले पनि घटनाको विषयमा आपत्ति जनाएको छ । पीडित पत्रकारले महानगरमा भएको घटनाबारे महासंघ पुगेर अध्यक्ष राधेश्याम खतिवडालाई जानकारी गराएपछि महासंघले पनि गम्भीर ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ति जारी गरेको थियो ।

स्थानीय सरकारले नै राज्यको चौथो अंगमाथि गरेको दुव्र्यवहारबारे केन्द्रको समेत ध्यानाकर्षण भएको भन्दै चितवन शाखा अध्यक्ष खतिवडाले भने, ‘महानगरले यो विषयलाई बेवास्ता गरेमा हामी फरक तरिकाले अगाडि बढ्न बाध्य हुनेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *