चोक चोकमा बल्यो ट्राफिक लाइट, प्रहरीलाई घट्यो सास्ती

काठमाडौँ, चैत १५ । उपत्यकाका विभिन्न चोकहरुमा ट्राफिकहरुले स्मार्ट ट्राफिक लाइट बाल्न शुरु गरेका छन् । काठमाडौँको नयाँ बानेश्वर चोक, नारायणहिटी संग्रालय अगाडी, न्यूरोड, पुतली सडक, पद्मोदय मोड, नारायण गोपाल चोक, सोल्टी मोडमा स्मार्ट ट्राफिक लाइट बाल्न सुरु गरिएको हो ।

ट्राफिक लाइट बाल्नुभन्दा पहिले यी चोकहरुमा पनि अन्य चोकहरुमा जस्तै ट्राफिक प्रहरीले हातको इसारा गरेर एकतिरको सवारी रोक्दै अर्कोतिर पठाउँदै बाटोमा हुने जामलाई नियन्त्रण गरिरहेका थिए ।

अब भने उपत्यकामा ट्राफिक प्रहरीहरुलाई सवारी व्यवस्थापन गर्न धेरै सहज हुने भएको छ । ट्राफिक व्यवस्थापनलाई सहज बनाउन महानगर र सडक विभागले ट्राफिक महाशाखासँगको समन्वयमा ट्राफिक लाइट राख्न थालेका हुन् । सडक विभागले तयार गरेको यी ट्राफिक लाइट परीक्षणको रुपमा बालिएको हो ।

ट्राफिकहरुलाई चोक चोकमा बसेर हातको ईसाराले सवारी व्यवस्थापन गर्न सहज भएतापनि सवारी चालकहरु भने बत्ति बल्दा रोकिने र गुड्नेमा अल्मलमा परीरहेको महानगरीय ट्राफिक प्रहरी प्रवक्ता उमेश रन्जितकार बताउँछन् ।

उनका अनुसार, महाराजगञ्जमा भने लेन नभएका कारण अलि धेरै समस्या देखिएको छ तर सवारी चालक र पैदलयात्रुले बुझदै गएपछि सहज हुनेछ ।

उपत्यकाको मुख्य ३५ चोक र अन्य भित्रीचोकमा समेत ट्राफिक बत्तीको आवश्यक भइसकेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, बत्ती नहुँदा ट्राफिक जनशक्ति मात्र बढी खपत भइरहेको छैन, इसाराका भरमा सवारी व्यवस्थापन गरिरहनु पर्ने बाध्यता छ ।

बानेश्वरमा ट्राफिक बत्ती जडान गर्न सडक विभागले १५ लाख रूपैयाँ लगानी गरेको छ । काठमाडौंको अन्य स्थानमा पनि ट्राफिक लाइट जडान गर्ने योजना बनाएको विभागले जनाएको छ ।

महाराजगन्जमा ट्राफिक बत्ती निर्माणमा काठमाडौँ महानगरपालिकाले २५ लाख रुपैयाँ लगानी गरेको छ । यार्सा टेक्नोलोजी प्रालीले बानेश्वर चोकमा चार वटा तथा महाराजगन्जमा १२ वटा ट्राफिक बत्ती जडान गरेका हुन् । ठेकेदार कम्पनीका अनुसार, सोलारबाट चल्ने ट्राफिक बत्ती जडान गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *