वान अपको आयोजनामा “अष्ट्रेलिया शैक्षिक मेला” हुँदै

“वान अप प्रा.लि.ले विद्यार्थीहरुलाई अस्ट्रेलियाको बारेमा पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले “तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४” आयोजना गर्ने भएको छ । उक्त मेला काठमाडौंको दरवारमार्गमा अवस्थित होटेल अन्नपूर्णमा चैत्र १६ र १७ मा आयोजना हुने भएको हो ।

परिवर्तन भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त जानकारी दिन शैक्षिक मेलाको आयोजना गरिएको वान अपका भोला पोखरेलले जानकारी दिए ।

ब्रिटिस काउन्सील प्रस्तुतकर्ता रहेको उक्त फेयरमा उत्कृष्ट कलेज र यूनिभर्सीटी  तथा कन्सल्टेन्सिहरु गरी ३० वटा भन्दा बढी संस्थाहरुको सहभागीता रहने छ भने विभिन्न कलेज तथा यूनिभर्सीटीका प्रतिनिधिहरुले छात्रबृती समबन्धी जानकारी,  IELTS मा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउसिल्लिङ गर्ने आयोजकले जनाएको छ ।

उक्त एजुकेशन फेयरको इन एशोसिएशन विथमा एजुकेशन पार्क रहेको छ । फेयरको मुख्य प्रायोजकहरुमा हार्वर कलेज अस्ट्रेलिया, अस स्टडीज, एआइपी एजुकेशन कन्सल्टेन्सी, इ–प्लानेट एजुकेशन, काठमाडौं इन्फोसिस, ओली एण्ड एसोसिएट्स, प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी र क्विन्सफोर्ड कलेज अस्ट्रेलिया रहेका छन् ।

फेयरको प्रायोजकहरुमा भने डाइनामिक युनिभर्स, हब इन्टरनेशल, एक्सेस एजुकेशन नेटवर्क, एइ ग्लोवल, अल्फाविटा, बुमर्याङ इन्टरनेशनल, चिसम इन्ष्टिच्युट, एक्सपर्ट एजुकेशन, ग्रेस इन्टरनेशनल, मेट्स एजुकेशन, नोवेल एजुकेशन, पाथ फाइन्डर इन्टरनेशल एजुकेशन, पिक्सर एजुकेशन, द–नेक्स्ट, युनिक्याम्पस र वाइड रेन्ज इन्टरनेशनल रहेका छन् । फेयरको आइटी पार्टनरमा कम्युनिकेट मिडिया रहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *