फर्पिङमा बस पल्टिंदा दुई जनाको ज्यान गयो ३३ घाईते
२०७४ जेठ १५ गते

“काठमाडौं, चैत १५ । दक्षिणकालीबाट काठमाडौंतर्फ आइरहेको बस फर्पिङमा दुर्घटना भएको छ । बा१ख ९९९९ दक्षिणकाली यातायात सडकमा भएको खाल्डोका कारण अनियन्त्रित भएर पल्टिँदा३३ जना घाइते भएका छन् भने२ जनाको मृत्यु भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार मृतकको संख्या यकिन भएको छैन। ‘अहिले हामी उद्धार गर्दै छौं,’ उनले भने, ‘२ जनाको मृत्यु भएको पुष्टि भएको छ।’
प्रहरीका अनुसार, घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । टायर पड्किएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








