दुहबी नगरपालिकाकी उपप्रमुख र श्रीमानका विरूद्ध वडा सदस्यले दिए जाहेरी

चैत्र १४, सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा उत्पन्न जनप्रतिनिधि कुटाकुट प्रकरणमा पीडितले प्रहरीमा उजुरी दर्ता गरेका छन् । वडा सदस्य कृष्ण योञ्जनले इलाका प्रहरी कार्यालय दुहबीमा उपप्रमुख सुनिता दाहाल साह र उनका श्रीमान अनिल साहका नाममा कुटपिट मुद्दाको निवेदन दिएका हुन् ।

गत शुक्रबार नगरपालिका परिसरमा भएकाे विवादमा उपमेयरले श्रीमानलार्इ बाेलाएर हातपात गरेकाे भन्दै पक्राउ गरी अावश्यक कारवाहीका लागि याेञ्जनले इलाका प्रहरी कार्यालयमा ठाडाे निवेदन दिएका छन् ।

‘खै हजुर मलार्इ चारैतिरबाट घेराबन्दी गरे, पार्टीमा पनि एक्लाे बनाए, प्रहरीले पनि खासै सहयाेग गरेन, भाेली सम्मपनि कारवाही अगाडी बढाएन भने अदालत जान्छु ।’ पिडीत याेञ्जनले मकालु खबरसँग भने । नगरपालिका कार्यालयले दुवै पक्ष भेला गराई माफी सहित मिलापत्र गरेको बताइए पनि पीडित वडा सदस्य कृष्ण योञ्जनले ज्यानकाे असुरक्षा भएकाे भन्दै इलाका प्रहरी कार्यालय कुटपिट मुद्दाको निवेदन दिएको बताए।

वडा सदस्य तथा घटनाका पीडित योञ्जनले पीडकका नाममा किटानी जाहेरी दिए पनि प्रहरीले मुद्दा दर्ता नगरेको उनकाे भनार्इ छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शैलेश न्याैपानेले याेञ्जनले ज्यान सुरक्षा र उपमेयरकाे श्रीमानलार्इ पक्राउ गरिपाउँ भनेर ठाडाे निवेदन दिएकाे बताउँदै हातपातमा अनिल शाहकाे खुट्टामा पनि चाेट लागेकाे देखिएकाेले उपचारका लागि पठार्इएकाे बताए । ‘उहाँले निवेदन दिनुभएकाे छ, उपमेयरकाे श्रीमान ठिक भएर अाएपछि छलफलका लागि बाेलाउने छु ।’ उनले भने ।

उपप्रमुखले वडा सदस्यलाई कुटपिट गरेको घटनालगत्तै बसेको नगरकार्यपालिकाको बैठकले उपप्रमुख साहलाई योजना अनुगमन समितिबाट हटाएको थियो। त्यसको दुई दिनपछि घटना साम्य भएर अर्को निर्णय नहुन्जेलका लागि उपप्रमुख साहलाई तत्कालका लागि न्यायिक समितिको संयोजकको पदबाट निष्कृय गराइएको छ ।

नगर कार्यपालिकाको बैठकले तत्कालका लागि कामकाजमा नरहने गरी न्यायिक समिति संयोजकबाट साहलाई हटाइएको जनाएको हो। घटनाका विषयमा उपप्रमुख साहले यसअघि नै वडाध्यक्ष सहित सदस्यलगायतको टोलीले जबर्जस्ती फाइल फछ्र्यौटको विषय लाद्न खोजेपछि सामान्य विवाद भएको बताएकी थिइन्।

भीडले आफ्ना श्रीमानमाथि अभद्र व्यवहार गर्न थालेपछि छुटाउन जाने क्रममा अंजानवश सामान्य धक्काधक्की भएको उपप्रमुख साहकाे दावि थियाे । उपप्रमुखले वडा सदस्यमाथि हातपात गरेको विषयलार्इ गुपचुप मिलाउन मेयर सहित नगरपालिका लागेकाे छ । उपमेयर सुनिता शाह तत्कालिन विजयकुमार गच्छदारकाे फाेरम लाेकतान्त्रिक बाट उपमेयर भएकी हुन् ।

यसरी गरेकी थिर्इन् उपमेयरले हातपात (भिडियाे)

https://www.youtube.com/watch?v=YdEyxhQor3U”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *