उपत्यकावासीलाई सुकुम्वासी बनाउन पाइँदैन भन्दै प्रदर्शन, प्रहरीसँग झडप

काठमाडौँ, चैत १४ । उपत्यकामा सडक विस्तारको मारमा परेको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ ।

पिडीतहरुले बुधबार माइतीघरबाट नयाँ बानेश्वर सम्म गरेको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले अश्रु ग्यास र पानीको फोहरा हानेको थियो । सो क्षेत्र अहिले पनि तनावग्रस्त बनेको छ ।

उपत्यकामा सडक विस्तार, फास्ट ट्रयाक, बाहिरी चक्रपथ निर्माणपीडितहरुले संयुुक्त रुपमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीलाई धरपकड, लाठीचार्ज गर्न थालेपछि ढुंगा हानाहान समेत भएको थियो ।

गणपतिलाल श्रेष्ठ, श्यामकृष्ण प्रजापति, पवित्र कसा, विष्णुभक्त मर्हजनलगायत एक दर्जन प्रदर्शनकारीलाई महानगरीय प्रहरी वृत बानेश्वरले नियन्त्रणमा लिएको छ । झडपमा दुई जना घाइते भएका छन् ।

प्रदर्शनमा उत्रेका उपत्यकावासीले ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा पहिचानलाई रक्षा गर्नुपर्ने, जनतालाई विस्थापित बनाउने गरी बनाइएको पञ्चातकालीन मापदण्ड खारेज गर्नुपर्ने, संविधानको धारा २५ र ३७ विपरीत हुने गरी पीडित र प्रभावितसँग मञ्जुरी नलिइ सडक विस्तार र नागरिकलाई दीर्घकालीन प्रभावपार्ने कुनै काम नगर्न माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *