सुनसरीमा युवकको शव फेला, हत्या भएको आशंका

काठमाडौँ, चैत १४ । सुनसरीमा सिचाईँ आयोजनाको नहरमा एक युवकको लास भेटिएको छ । इटहरी १६ बस्ने ३२ वर्षीय प्रमोद गिरीको लास भेटिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

सुनसरीको झुम्कास्थित शव नहरमा बग्दै आएको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेको र गिरीका आफन्तजनलाई बोलाएर घटनाको बिषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

शवको टाउकोमा गहिरो चोट देखिएकोले स्थानियवासीले हत्या भएको आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *