यस्ता छन् शिवलिङ्ग पुज्नुका कारणहरु ः

“हिन्दु धर्ममा परापूर्वकाल देखि नै भगवानका विभिन्न स्वरुपहरुलाई पुज्ने चलन रहेको छ । देवता पुज्ने धेरै भएता पनि कतिलाई थाहा नहुन सक्छ की देवता किन पुजिन्छ ? त्यस्तै देवताहरुमा सर्वश्रेष्ठ मानिने देवादीदेव महादेवका अनेकन रुपलाई पनि पुज्ने चलन छ । धेरैले पुज्ने शिवलिङ्गको बारेमा कमैलाई जानकारी हुन सक्छ ।

लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ । शिवलिङ्गको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।

यस्ता छन् शिवलिङ्ग पुज्नुका कारणहरु ः

शिवलिङ्ग भनेको के हो ? केलाई भनिन्छ शिवलिङ्ग ?

शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परम पुरुष भएकाले यसलाई लिङ्ग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिङ्ग हो भनिएको छ । शिवलिङ्ग वातावरण सहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिङ्ग हो । शिवलिङ्गको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिङ्गको अर्थ लिङ्ग वा योनी होइन । वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिङ्गको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो । त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिङ्ग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो । जस्तोः प्रकाश स्तम्भरलिङ्ग, अग्नी स्तम्भरलिङ्ग, उर्जा स्तम्भरलिङ्ग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो । यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिङ्गका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिङ्गमा निहित हुन्छ । वास्तवममा शिवलिङ्ग हाम्रो ब्रह्माण्डको आकृति हो ।

किन शिवलिङ्ग को पूजा गरीन्छ ?

शिव शम्भु आदि र अन्तका देवता हुन् उहाँको न कुनै स्वरूप हुन्छ न आकार उहाँ निराकार हुनुहुन्छ । आदि, अंत नभएको कारण लिङ्गलाई शिवका निराकार रूप मानिएको हो तेसैले शिवको साकार रूप मानी भगवान शंकर मानेर शिवलिङ्ग रूप को पूजा गरीएको हो ।

केवल शिव लाई नै निराकार लिङ्गको रूप मा पूजा गरीन्छ । लिङ्ग रूपमा समस्त ब्रह्मांड को पूजा हुन्छ र हिन्दु धर्म अनुसार वहा लाई समस्त जगत को मालीक मानीँदै आएको छ । यसकारण शिव मूर्ति र लिङ्ग दुबै रूपमा पूजा गरीन्छ । ‘शिव’ का अर्थ हुन्छ– ‘परम कल्याणकारी’ र ‘लिङ्ग’ का अर्थ – ‘सृजन’ पनि  हो ।

वेदमा उल्लेख भएअनुसार वेद र वेदान्त मा लिङ्ग शब्द सूक्ष्म शरीर को लागी हो यो सूक्ष्म शरीर १७ तत्वों ले बनेको हुन्छ। मन, बुद्धि, पांच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, र पाँच वायु। वायु पुराण को अनुसार प्रलयकालमा समस्त सृष्टि जहाँ लीन हुन्छ र पुनः सृष्टिकालमा जहाँबाट प्रकट हुन्छ तेसैलाई लिङ्ग भनिन्छ । यस प्रकार विश्व को सम्पूर्ण ऊर्जा नै लिङ्गको प्रतीक हो ।

पौराणिक कथा अनुसार जब समुन्द्र मन्थनको समय सम्पुर्ण देवताहरू अमृत को आकांक्षी थिए तर मन्थनबाट सारा संसार को समाप्त गर्न सक्ने कालकुट विष आयो र उक्त विष लाइ भगवान शिव ले सहजता पुर्बक आफ्नो कण्ठ मा धारण गरेर ‘नीलकण्ठ’ हुनु भयो र सन्सार लाइ त बचाउनु भयो तर समुद्र मन्थन को समय निक्लीयको उक्त विष ग्रहण गरेको कारण भगवान शिव को शरीरमा दाह बढ्यो र त्यो दाहलाई सान्त गर्नको लागी शिवलिङ्गमा जल चढाउने परम्परा प्रारम्भ भएको हो र यो आज सम्म पनि चलिरहेको छ ।

श्री शिवमहापुराण को सृष्टिखण्ड अध्याय १२ श्लोक ८२ देखी ८६ मा ब्रह्मा जी को पुत्र सनत्कुमार जी वेद व्यासजीको उपदेश दिँदै भन्नु हुन्छ हर गृहस्थीले देहधारी सद्गुरूबाट दीक्षा लिएर पञ्चदेव (श्री गणेश, सूर्य, विष्णु, दुर्गा, शंकर)को प्रतिमा को नित्य पूजा गर्नु पर्छ किनकी शिव नै सबको मूल हो, मूल (शिव) को पुजा पाठले सबै देवता प्रसन्न हुन्छन् तर अरू देवताहरू प्रशन्न गरेपनि प्रभु शिव भने तृप्ति हुँदैनन् ।

यसकारण श्री शिव महापुराण सृष्टिखण्ड अनुसार सृष्टिको पालनकर्ता विष्णुले एक पटक, सृष्टिको रचयिता ब्रह्माको साथ निर्गुण–निराकार–अजन्मा ब्रह्मा (शिव) को प्रार्थना गर्नुभयो ‘भोलेनाथ हजुर कसोगरी प्रशन्न हुनुहुन्छ’ प्रभु शिवले भन्नुभयो, ‘यदि मलाइ प्रसन्न गर्ने हो भने शिवलिङ्गका पूजा गर्नु । जब जब कुनै प्रकार को संकट या दुस्ख हुन्छ शिवलिङ्गमा पूजा गर्नाले समस्त दुःखको नाश हुन्छ । जब देवर्षि नारदले श्री विष्णुलाई श्राप दिए र पछि पश्चाताप गर्नुभयो तब श्री विष्णुले नारदजीलाई  पश्चातापको लागी शिवलिङ्गको पूजा, शिवभक्तको सत्कार, नित्य शिवशत नाम को जप गर्न बताउनुभयो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *