जुम्ला: मौरी व्यवसायबाट रामकृष्ण मनग्य आम्दानी गर्न सफल

जुम्ला, चैत १४ । जुम्लाका रामकृष्ण बुढ्थापाले मौरी पालन व्यवसायबाट राम्रो आम्दानी गरिरहनु भएको छ ।

२० देखि मौरी पाल्दै आउनु भएका उहाँले राम्रो कमाईरहनु भएको छ । बुढ्थापाले अरु युवा युवतिलाई पनि विदेश जानुको सट्टा मौरी पालन व्यवसायमा लाग्न आग्रह गर्नुभयो । आधुनिक तरिकाले मौरी पाले पहाडी क्षेत्रमा राम्रो सम्भावना रहेको उहाँकाे भनाई छ ।

व्यवसाय शुरु गर्दा मौरी बस्ने बासस्थानको उचित व्यवस्थानपन गनुपर्ने उहाँको सुझाब छ । घामपानी, हावा हुरी र जाडोबाट बचाउनु पर्ने र फूल फूल्ने एकान्त ठाउँ मौरीका लागि हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *