सन्चारकर्मी सोनीको ‘जोगी’ बजारमा (भिडियोसहित)

काठमाडौं, चैत १४ । सन्चारकर्मी बिशाल सोनिले लाेकदाेहाेरी गीत ‘जोगी’ बजारमा ल्याएका छन् । सदाबहार लोकप्रिय गायिका बिष्णु माझि र सोनिको आवाजमा रहेको गीत ‘जोगी’ को भिडियो छोटो समयमा युटुवमा दर्शकले धेरै रुचाएका छन् । गीतकाे पहिलाे शब्द यस्ताे छ ।

‘बाँचेकी छु सबैको दवावमा
बिचल्लीछु म तिम्रै अभावमा’
पिरतीले जोगी बनायो, हिजो हामी संगै हुदा दुख, सुख साटिन्थ्यो आज तिम्रो सम्झनाले रोगी बनायो !!

गीतमा दुई प्रेमी एकअर्कासंग टाढिदाको भाव समेटिएको छ । ऋषि खड्काको लय तथा कमला, अमित र पूर्णको शब्दमा रहेको ‘जोगी’लाई सप्तऋषि म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

गीतमा सारिका केसी र बिबेश घिमेरेको अभिनय रहेको छ भने प्रकाश खड्काले छायांकन र मिलन बिकले भिडियो सम्पादन गरेका छन् ।गीतले दर्शक, श्रोताको मन जित्न सफल बनोस मकालु खबर डटकम परिवारको शुभकामना ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *