ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन आज देशभरी
२०७४ जेठ १५ गते

“
काठमाडौं, चैत १४ । नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन आज देशभरै भरी हुन लागेको छ । केन्द्रीय समितिले आज देशैभरी निर्वाचन गर्ने निर्णय गरेपनि केही जिल्लाहरुमा भने स्थानीय कारणले निर्वाचन स्थगित भएको छ ।
नेपाली काँग्रेस निकटका मजदुरहरुको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसले जिल्लामा आवद्ध प्रतिष्ठानको सहभागितामा अधिवेशन हुन लागेको हो ।
अधिवेशन सम्पन्न गराउनका लागि नेपाली कांग्रेसले केन्द्रीय नेताहरुलाई जिल्लाहरुमा खटाएको छ । ‘श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने नारा साथ हुन लागेको अधिवेशनमा ट्रेड युनियन काँगे्रसले नेपाली श्रमिकले न्यूनतम पारिश्रमिक, नियुक्तिपत्र, स्वास्थ्य बिमा, सञ्चयकोष सुविधा, कपडा भत्ता जस्ता आधारभूत सेवा दिलाउने विषय प्राथमिकताका साथ उठ्ने भएका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








