चामल खरिदमा १७ अर्ब बाहिरियोः किन बढ्दैछ चामल आयात ?

काठमाडौं, चैत १४ । कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ७ महिनामा १७ अर्ब रुपैया बराबरको चामल आयत गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयातको ग्राफ बढ्दै गएको हो ।

यद्यपी, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रुपमा नेपाल भित्रिने गरेको जानकारहरु बताउँछन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङकअनुसार चालू आर्थिक वर्षको ७ महिनामा १७ अर्ब २३ करोड ८५ लाख ३६ हजार रुपैया बराबरको चामल आयात भएको हो ।

अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले चामल आयात बढेको छ ।

 गत वर्षको सोही अवधिमा १४ अर्ब ३५ करोड ३७ लाख ९३ हजार रुपैयाँको चामल आयात भएको थियो ।  केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले स्वदेशमै उत्पादनको सम्भावना भएको वस्तुको पर्याप्त उत्पादन नुहँदा आयात गर्नुपरेको बताए।

छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै चामल आयात हुने गर्छ । चीन, थाइल्या०ड र बंगलादेशबाट पनि थोरै परिमाणमा चामल आयात हुने तथ्यांकले देखाएको छ । खानेपानमा आएको परिवर्तनका कारणले गर्दा पनि चामल आयात बढ्दै गएको कृषिविज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *