राष्ट्रिय मावि शोशीको स्वर्ण महोत्सवको तयारी

शुक्रनगर । भरतपुर महानगरपालिका वडा नम्बर २५ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय शोशीको स्वर्ण महोत्सवको तयारी पूरा भएको छ ।
महोत्सवको उद्घाटन यही चैत १५ गते हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशी न्यौपानेले जानकारी दिए । उनले भने, ‘१५ गते स्वर्ण महोत्सवको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट हुनेछ ।’

न्यौपानेका अनुसार स्वर्ण महोत्सव साताव्यापी कार्यक्रम हुनेछ । १६ गते अभिभावक तथा विद्यार्थीबीच मनोरञ्जनात्मक खेलकुद कार्यक्रम हुने उनले बताए ।
महोत्सवको अवसरमा १८ गते रक्तदान र १९ गते स्वास्थ्य शिविरको आयोजना गरिएको भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष केशव बस्यालले बताए । स्वर्ण महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *