चाइनाको चमत्कार, चौध घण्टाको दुरी दुई घण्टामा पुरा (भिडियोसहित)

“चिनियाँ अनुसन्धानकर्ताहरुले हाइपरसोनिक विमानको नयाँ खाका सार्वजनिक गरेका छन् । उक्त खाका अनुसार ध्वनिको गतिभन्दा पाँच गुणा बढी गतिको विमान बन्ने छ ।

उक्त परिकल्पना अनुसार बेइजिङदेखि न्युयोर्कसम्मको यात्रा दुई घण्टामा पुरा गर्न सकिनेछ । अहिलेका विमानमा यो दूरीको यात्रा गर्न १४ घण्टा लाग्छ । यस्तो अनुसन्धान सैन्य उपयोगिताका लागि भएको समाचारमा उल्लेख गरिएको छ । यस्तो विमान नाप्नका निम्ति ध्वनिलाई आधार मानिने छ ।

समाचारमा उल्लेख भएअनुसार ध्वनिको गति भन्दा कम गतिलाई सबसोनिक भनिन्छ । अहिलेका विमानहरु सबसोनिक हुन् । सुपरसोनिकको अवधारणा भनेको ध्वनिको भन्दा तिव्र गति हो । सुपरसोनिकको गति ध्वनिको भन्दा पाँच गुणासम्म हुनसक्छ । हाइपरसोनिकको गति भने ध्वनिको पाँच गुणाभन्दा बढी गतिको हुन्छ ।

https://youtu.be/KEBEst2hRrs”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *