पर्यटकीय स्थल बेदकोटमा राजनीतिक दलको प्रशिक्षण

कञ्चनपुर, चैत १३ । धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि स्थानीय जनताले अनेक उपाय अपनाउने गरेका छन् । ओझेलमा परेका रमणीय स्थललाई आकर्षक पर्यटकीय गन्तब्य बनाउन राजनीतिक दलहरुले समेत विभिन्न कार्यक्रम गर्ने गर्छन् ।

यस्तै प्रचारप्रसारको अभावमा ओझेलमा परेको रमणीय स्थल हो कञ्चनपुरको बेदकोट ताल । बेदकोट नगरपालिकामा रहेको यो ताल पूर्व पश्चिम राजमार्गस्थित दैजी चौरहाबाट ७ किलोमिटर उत्तर तर्फ पर्दछ ।

डडेल्धुरा र कञ्चनपुरको सिमा छुट्याउने चुरे पहाडको तल वेतकोट ताल रहेको छ । तालको नजिकै एउटा मन्दिर रहेको छ । जहाँ पुजा र दर्शन गर्नेहरूको घुईचो हुने गर्दछ । यो क्षेत्र राम्रो पिकनिक स्पोर्ट हो । तर, उचित प्रचार प्रसारको कमी र संरक्षणको अभावले महत्वपुर्ण ताल ओझेलमा परेको छ ।

सोमबार राष्ट्रिय जनमोर्चा कञ्चनपुरले पार्टीको राजनीतिक कार्यक्रका लागि पर्यटकीय क्षेत्र बेदकोट ताल रोजेको छ । बेदकोटको प्रचारका लागि आफुहरुले त्यहाँ पार्टीको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जनमोर्चाका बेदकोट नगर अध्यक्ष धर्मदेव पन्तले बताए ।

कार्यक्रममा राजमोका केन्द्रीय सदस्यहरु मनोज भट्ट, नन्दराज भट्ट, राजाराम चौधरी जिल्ला सचिव रामबहादुर कार्की, लगायतका नेताहरु सहभागी थिए । राजमोले बेदकोटमा पार्टीको प्रशिक्षण सँगै बनभोज कार्यक्रम समेत गरेको थियो ।

पछिल्लो समयमा बेदकोट ताल उचित संरक्षण नपाउदा उच्च जोखिममा परेको छ । तालको गहिराई पनि पूरिदै जान थालेको छ । हरियाली चुरेपर्वतको फेदीमा सानदार अवस्थीति भएको यो तालको सुन्दरताले यहाँ आउने सबैको मन छुने गर्छ । वर्षेनी हजारौको संख्यामा मानिसहरू यो ठाँउ घुम्न आउने गर्छन् । प्रकृतिको सुन्दरतासँग रम्दै शान्त मनले मन्दिरमा दर्शन पनि गर्न पाइने भएकाले यसको महत्व अझै बढाएको छ ।

राम्रो व्यवस्थापन सँगै यो क्षेत्रको प्रवद्र्धन गर्न सके यो कञ्चनपुर जिल्लाकै एउटा आकर्षक गन्तव्य बन्न सक्ने राजमो बेदकोट नगर समितिका सचिव महेश जोशी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *