एसियन कप फुटबल छनोटमा नेपालले यमनको सामना गर्दै

काठमाडौं, चैत १३ । एएफसी एसियन कप फुटबल छनोट चरणको अन्तिम खेलमा आज नेपालले यमनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार आज राति ९ बजे तटस्थ मैदान कतारको दोहास्थित सुहिम बिन हमाद रंगशालामा हुनेछ । यमनमा आन्तरिक हिंसा जारी रहेकाले उसको मैदानमा हुनुपर्ने सबै खेलहरु तटस्थ मैदानमा आयोजना गरिँद आएको छ ।

समूह ‘एफ’अन्तर्गत्को यो खेल नेपालको लागि औपचारिकतामात्रै हुनेछ । एसियन कपका लागि छनोट हुने सम्भावना सकिएकाले यो खेल नेपालका लागि प्रतिष्ठाको लडाइँमात्रै बनेको छ ।

नेपालकै समूहमा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन ७ अंकसहित दोस्रो तथा समान ७ अंक जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । दुई अंकमात्र जोडेको नेपाल अंक तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *