रेनोको नयाँ बर्षको अफर भारी छुट सहित ‘रेनो रेनोत्सव’

काठमाडौं, चैत १३ । रेनोको नेपालकोलागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स प्रालि (बिशाल ग्रुप अन्र्तगतको कम्पनी) ले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ । नयाँ बर्ष २०७५ लाई मध्येनजर राखेर सार्वजनिक गरिएको यो क्याम्पेनको ट्यागलाईन ‘खुसीयाली नयाँ बर्ष २०७५ को’ राखिएको छ ।

यस योजनामा रेनोको कार खरिद गर्ने सोच बनाएर बसेका ग्राहकहरुलाई लक्षित गरेर बिभिन्न छुटका योजना र आर्कषक सुविधाहरु ल्याएको छ । जहाँ रेनोका कार खरिदकर्ताले प्रसस्त फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

रेनोले नयाँ बर्षलाई खुसी र उल्लासमय बनाउन ल्याएको अफरमा लोड्जी मोडलमा ५,००,०००८ सम्मको छुटको अफर ल्याएको छ । साथै, डस्टरको खरिदमा ३,१०,०००८ र क्विडको खरिदमा १,८०,००० ८ सम्म नगद छुट कम्पनीले अफर गरेको छ ।

यसका अलावा यस योजनामा ५ बर्षसम्म निःशुल्क सर्भिस सुविधा, ३ बर्षको निःशुल्क सवारी साधन कर, फाईनान्स सुबिधा र आर्कषक मूल्यसहितको एक्स्चेन्ज सुबिधा उपलब्ध गराउने कम्पनीले अफर राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *