एमाले र माओवादी अाज एकता प्रक्रियाकाे छलफलमा

काठमाडौं, चैत १३ । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताका विषयमा आज छलफल गर्दैछन् । चैतभित्रै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलले आज पार्टी एकताको खाका तयार गर्नेछन् ।

एकीकृत पार्टीको अन्तरिम विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई नेतृत्वतहले अन्तिम रुप दिनेछ । काठमाडौंको गोकर्ण रिसोर्टमा दुई दिन बसेर विधान मस्यौदामा सहमति गरेको नेताहरुले बताएका छन् ।

केन्द्रदेखि जिल्लासम्म दश तहको कमिटी बनाउनेगरि सहमति भएको छ । एमाले नेता सुवास नेम्वाङले आज दुईपार्टी कार्यदलसहित उच्चतहको छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार आजको छलफलमा एकताको प्रक्रियादेखि मितिका विषयमा पनि छलफल गर्ने बताउनुभयो । प्रधानमन्त्रीको भारत भ्रमण अघि नै पार्टी एकता गर्न एमाले इच्छुक देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *