डा.सुनिल शर्माको मनकारीपन : क्यान्सर पीडितलाई घरैमा पुगेर एक लाख सहयोग (भिडियो रिपोर्टसहित)

विराटनगर, १२ चैत । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल सञ्चालक डा.सुनिल शर्माले क्यान्सर पीडित विरामीलाई घरैमा पुगेर आर्थिक सहयोग गरेका छन् । स्तन क्यान्सरबाट पीडित मोरङको सुन्दरहरैचाकी ३२ बर्षीया नन्दकुमारी मगरको उपचारका लागि डा.शर्माले एक लाख आर्थिक सहयोग गरेका हुन् । सुन्दरहरैचा–१० बरपिपल टोल स्थित मगरको घरमै पुगेर शर्माले नगद हस्तान्तरण गरी उपचारमा साथ दिएका हुन् ।

गत मंसिर महिनाबाट मगरको स्तन क्यान्सर पत्ता लागेको हो । आफ्नो जमिन नहुँदा सुकुम्वासी बस्तीमा बसोवास गर्दै आएको मगर परिवारको आर्थिक अवस्था दयनीय छ । बिहान वेलुकाको दुई छाक टार्न धौ–धौ हुँदै आएको मगर परिवारलाई उपचारका लागि आर्थिक अभावले पिरोलेको थियो । पैसा नभएका कारण उपचारमा समस्या झेल्दै आएको थाहा पाएर सहयोग गरेको नोबेल अस्पताल सञ्चालक डा.शर्माले बताएका छन् ।

‘आर्थिक अभावले उपचार गर्न नसक्दाको पीडा मैले पनि भोगेको छु ।’ सहयोग गर्न सुकुम्वासी बस्तीमै पुगेका डा.शर्माले भने ‘म सानो छदा बुवाको उपचार गर्ने पैसा नहुँदा धेरै पीडा झेलेको छु ।’ सहयोग हस्तान्तरणका क्रममा आफ्नो विगत स्मरण गर्दै शर्माले भने ‘पैसाको जोहो गर्न मैले रिक्सा कुदाउने देखि क्यारेमवोर्ड खेलाउने र हाँस बेच्ने काम पनि गरेको थिए ।’

क्यान्सर पीडित मगरले भरतपुर क्यान्सर अस्पतालबाट उपचार गराउँदै आएकी छन् । अलिकति भएको पैसा पनि उपचारमै सकिएपछि उनीहरुसँग थप उपचार गर्ने पैसा थिएन । श्रीमान र दुई सन्तानका साथ सुकुम्वासी बस्तीमा बस्दै आएकी मगरले पहिले चिया पसल सञ्चालन गरेकी थिईन् । तर, रोगले सताएपछि पसल पनि गर्न सकिनन् । बिहान बेलुकाको दुई छाक टार्नसमेत समस्या भईरहेको अवस्थामा उपचारका लागि लाखौं रकम खर्चिनुपर्दा उनीसँग रोग पाल्नुको विकल्प थिएन ।

मगरले आर्थिक सहयोग पाएपछि उपचारमा राहत मिलेको प्रतिक्रिया दिईन् । ‘सुनिल सरले धेरै विरामीलाई निःशुल्क उपचार गराएको सुन्दै आएको थिए ।’ क्यान्सर पीडित मगरले खुःशी हुँदै भनिन् ‘मलाई पनि झुपडीमै आएर सहयोग गर्नुभयो, उहाँसँग धनमात्र हैन मनपनि उत्तीकै रहेछ ।’

सहयोग हस्तान्तरण कार्यक्रममा आएकी स्थानीय सीता कार्कीले पनि डा. सुनिल शर्माका कारण नोबेल अस्पतालबाट श्रीमानको निःशुल्क उपचार हुँदा धेरै राहत मिलेको सुनाईन् । यसअघि पनि हजारौ विरामीको निःशुल्क उपचार र विपन्न विद्यार्थीलाई निःशुल्क पढाउँदै आएका डा.शर्माले विपन्नको उपचार र पढाईका लागि सदैव सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

डा.शर्माद्धारा सञ्चालित नोबेल अस्पतालबाट विपन्न विरामीलाई दैनिक ५ लाख वरावरको निःशुल्क उपचार गर्ने गरिएको छ । विपन्न विरामी मुल्यांकन गरी बार्षिक १८ करोड वरावरको निःशुल्क उपचार गर्ने गरिएको नोबेल अस्पतालले जनाएको छ ।

         “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *