बाघको आक्रमणमा परी ४२ वर्षीय बतौंलाको मृत्यु

हेटौँडा, चैत १२ । बाघको आक्रमणमा परि मकवानपुरको मनहरी गाउँपालिकामा सोमबार ४२ वर्षीय सरस्वती बतौंलाको मृत्यु भएको छ । गाउँमा छिरेको बाघको आक्रमणमा परि मनहरी–७ रमौलीकी बतौंलाको मृत्यु भएको हो ।

घरनजिकै घास काट्न गएकी बर्तौलालाई बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट अन्य २ जना घाइते भएका छन् । आक्रमणबाट घाइते भएका स्थानीय राजकुमार अर्यालको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *