जेल भित्रबाट ढुङ्गेलले ल्याए मार्मिक गीति एल्वम ‘खाली खुट्टे’ (भिडियोसहित)

काठमाडौँ, चैत १२ । माओवादी नेता एवम् पूर्व सभासद बालकृष्ण ढुङ्गेलको गीति एल्वम ‘खाली खुट्टे’ सार्वजनिक भएको छ । उनी जनयुद्धकालीन मुद्दामा दोषी ठहर भई जेल जीवन विताइरहेका छन् ।

काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एक समारोहकाबीच उनको एल्वम विमोचन गरिएको हो । राष्ट्रिय गानका लेखक व्याकुल माइला, पूर्वमन्त्री एवं माओवादी नेता राम कार्की र युग पाठक लगायतकाले एल्बम विमोचन गरेका हुन् ।

‘खाली खुट्टे’ एल्बमका सबै गीत ढुङ्गेलले लेखेका हुन्। जसमा अन्जु पन्त, शिव परियार, दीपक लिम्बु र रामचन्द्र काफ्ले लगायतले गीत गाएका छन् । सङ्गीत चेतन सापकोटाको रहेको छ ।

जेल बाहिर रहेकै बेला ढुङ्गेलले उक्त गीतहरू लेखेको बताईएको छ । एल्बममा पाँचवटा गीत छ जसमध्ये तीनवटाको भिडियोसमेत रिलिज भएको छ ।

https://youtu.be/Sw6cuu2nvJg”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *