१४ वर्षीय किशोरद्वारा एक बालिकाको हत्या

पोखरा, चैत १२ । पोखरा लेखनाथ महानगरपालिको नयाँ बजारमा ५ वर्षीय बालिकाको हत्या भएको छ । आइतबार नयाँबजारबाट एकएक हराएकी विहानी थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको टाउकोमा चोट देखिएकोले हत्या नै हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । आईतबार साँझ घरबाट हराएकी पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका–९ निवासी विना थापाकी छोरी विहानी सोमबार विहान मृत भेटिएकी कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

स्थानीय ग्यारेज निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने एक १४ वर्षीय किशोरले ढुंगाले हानेको स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार किशोरले घटना स्वीकार गरिसकेका छन् । किशोरले खेलौना खोसाखोसको क्रममा बालिकालाई ढुङगाले टाउकोमा प्रहार गरेको र बालिका कराउन थालेपछि नजिकैको खाली बोराले उनको घाँटी कसी हत्या गरेको प्रहरीको बयानमा बताएका छन् । हत्यामा संलग्न रहेका किशोरको आफन्त र स्थायी घर पत्ता नलागेको र किशोरमा मानसिक समस्या भएजस्तो देखिएको प्रहरीले जनाएको छ ।

मृतक बालिका विहानीको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
पोष्टमार्टमपछि परिवारलाई शव बुझाइने प्रहरीले जनाएको छ । मृतक विहानीको आमा भने छोरीको हत्या भएपछि विक्षिप्त बनेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *