कार्यालयमा आगलागी हुँदा पन्ध्र लाखको क्षति

झापा, चैत १२ । कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

आइतबार राति शुरु भएको आगलागी आज बिहान मात्रै सो संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट सभाकक्षका झ्याल, ढोका र सभाकक्षमा रहेका सम्पूर्ण फर्निचर नष्ट भएको संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिए । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *