एसईईः धनुषामा गणित विषयको प्रश्नपत्र आउट

जनकपुर, चैत १२ । एसईई परिक्षाको तेस्रो दिनको गणित विषयको प्रश्नपत्र आउट भएको छ । धनुषा, बरकुर्वाको फकिरचन्द जनता माध्यमिक विद्यालयबाट गणित विषयको प्रश्नपत्र आउट भएको हो । परीक्षा सुरु भएको केहीबेरमै परीक्षा केन्द्रबाट फोन गरी प्रश्नपत्र आउट भएको थियो ।

प्रश्नपत्र आउट भएको जानकारीमा आएको र छानविन भैरहेको धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले बताए । उनका अनुसार परिक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक भित्र गार्डहरुलाई समेत फोन प्रयोग गर्न नदिएको भन्दै सहायक शिक्षा अधिकारी मेहिलाल यादवको टोलीलाई परीक्षा केन्द्रमा छानविनको लागि पठाइएको थियो । टोली परीक्षा केन्द्र पुगेको र फर्किएपछि थप कुरा बाहिर आउने उनले बताए ।

परीक्षा सुरु भएको केहीबेरमै ह्वाट्सयपबाट प्रश्नपत्र आउट भएको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *