नक्कली जाेडी बनेर हाेटलमा रात बिताउनेलार्इ समात्न ‘कार्डियन सर्च एण्ड स्वीप अप्रेशन’

चैत ११, काठमाडौं । राजधानीका विभिन्न स्थानमा प्रहरीले गरेकाे ‘कार्डियन सर्च एण्ड स्वीप अप्रेशन’मा ४६ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शनिबार राजधानीकाे ब्यस्त स्थान कोटेश्वर र सुन्धारामा चलाएको अप्रेशन’मा ती ४६ जनालार्इ विभिन्न गतिविधीमा पक्राउ गरेकाे हाे ।

शनिबार सुन्धारा र आइतबार कोटेश्वरमा चलाइएको अप्रेशनका क्रममा उनीहरुलार्इ पक्राउ गरिएकाे काठमाडाैं प्रहरी परिसरले बताएकाे छ। ती क्षेत्रका होटल, लज, सार्वजनिक क्षेत्र लगायतमा छापा मार्दा होटलमा बसेका जोडीदेखि लिएर टोले गुण्डासम्म पक्राउ परेका छन् भने, केहि स्थानबाट लाखाैं नगद सहित विभिन्न परिमाणका चुराेट समेत फेला परेकाे छ ।

सुन्धारामा भएको अप्रेशनका क्रममा कल छलीको इन्डोनेसियन चुरोट ठूलो परिणाममा समातिएको प्रहरीकाे भनार्इ छ । सुन्धारास्थित होटल अञ्जलीबाट भारतीय नागरिक राहजित अब्दुल रज्जाकको साथबाट डेढ लाख रुपैयाँ मूल्य बराबरको चुरोट बरामद गरिएको हो ।

उनको साथबाट ७ सय ३० पिस चुरोट बरामद भएको थियो । प्रहरी स्रोतका अनुसार बरामद गरिएको डेल्टा ओस्टर चुरोटको होलसेल विक्री हुँदै प्रति गोटा ७० रुपैयाँदेखि १६० रुपैयाँसम्म छ ।

बयानका क्रममा उनले मुम्बई लानलाई चुरोट बोकेको बताएका छन् । प्रहरीले थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

कार्डियन सर्च एण्ड स्वीप अप्रेशन’मा कोटेश्वरबाट ३ जना होटल सञ्चालक नै पक्राउ परेका छन् । काेटेश्वरबाट सफल होटलका भीमबहादुर सुनुवार, बनेपाली गेष्ट हाउसका बुद्ध लामा र सिन्धुपाल्चोक गेष्ट हाउसकी पोकिमा शेर्पा पक्राउ परेकी प्रहरीले जानकारी दिएकाे छ । साथमा प्रहरीले बा १४ च ६७९६ नम्बरको मोटरसाइकल र बा ४२ प ९५१० नम्बरको निजी कार समेत नियन्त्रणमा लिएको छ ।

साथै, १ सय ३० लिटर मदिरा पनि प्रहरीले बरामद गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले थप अनुसन्धान भइरहेको बताए । केहि हाेटल ब्यवसायीले प्रहरीले अनावश्यक दुखः दिएकाे भन्दै ‘कार्डियन सर्च एण्ड स्वीप अप्रेशन’ काे विराेध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *