“””लिलिबिली”” को नयाँ गीत “हावा सरी” सार्वजनिक (भिडियो सहित)”

काठमाडौँ, चैत ११ । चलचित्र लिलिबिली को  “हावा सरी” बोलको गीत सार्वजनिक भएको छ ।

लिलिबिलीमा नायक प्रदिप खड्का, नायिका जसिता गुरुङ र चर्चित नायिका प्रियंका कार्कीको दमदार अभिनय देख्न सकिनेछ । यसअघि प्रदिप र जसिताको मात्र गीत रिलिज भएको थियो भने नयाँ गीतमा प्रियंका र प्रदिपलाई देख्न सकिन्छ ।

उक्त गीतमा एसडी योगी र मेनुका पौडेल को आवाज, योगीकै संगित र दिपेन्द्र घिमिरेको शब्द रहेको छ । टर्कीको इस्तानबुलमा छायांकन गरिएको उक्त गीतमा प्रदिप र प्रियंकाको जोडी निकै रोमाण्टिक देखिएको छ ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्मा अनुपबिक्रम शाही , सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको छ । फिल्म चैत ३० गतेबाटबाट अलनेपाल रिलिज हुँदैछ ।

https://youtu.be/FI2B33XPZMo”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *