“विवादित उपसभामुख तामाङ भन्छिन्, “”मैले त्यसो भनेकै छैन”””

काठमाडौँ, चैत ११ । प्रदेश नं ३ की उपसभामुख राधिका तामाङले गाइको मासु खान पाउने गरी कानुन संशोधन गर्छु भनेर आफुले नबोलेको दावी गरेकी छिन् । उपसभामुख तामाङले गाइ काट्न पाउने गरी कानुन बनाउन पहल गर्छु भनेको कुरालाई लिएर अहिले सामाजिक सञ्जाल तातेको छ । यो विषय अहिले अत्यन्त विवादित बनेको छ । तर उपसभामुख तामाङ यस विषयप्रति स्वयम् अनविज्ञ रहेको बताउँछिन् ।

आफुले बोल्दै नबोलेको कुरालाई बोलेको भनेर आफुमाथि षडयन्त्र गरिएको उपसभामुख तामाङको आरोप छ ।

सामाजिक सञ्जालमा बाहिरीएको यो प्रसंग आफुले नबोलेको र राजनिती प्रतिशोधका आधारमा चलाइएको हल्ला मात्रै भएको उनको भनाइ छ ।
‘तामाङ समुदायको चेलिबेटी बेच्ने सुनबहादुर तामाङलाई वडा अध्यक्ष बनाएर उससँग धेरै खाइपिइ आएका ब्यक्तिहरुले अब खान नपाउने भए । सँगसँगै कांग्रेसको इमेज थप ड्यामेज भयो । र, आत्तिएर म माथि यो प्रहार भएको हो।’ तामाङले भनिन् ।

‘यस बिषयमा नेपाल तामाङ घेदुङले गृहमन्त्री, मुख्य मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको छ । यो बिषयमा प्रधानमन्त्रीसँग सम्म पुग्ने उनीहरुको तयारी हो । यो राष्ट्रिय मिडियामा पहिले देखिनै आएको बिषय हो’ उनले भनिन् ।

तामाङले गाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्नेु धारणा राखेको भन्दै उनको गृहजिल्ला नुवाकोटका कांग्रेस सडकमै आएको छ । शनिबार साँझ नेविसंघ नुवाकोटले विरोध जुलुस निकालेको थियो ।

मकवानपुरको पदम पोखरीका बिचौलियाले पैसाको बार्गेनिङ गरेर दिन नसकेपछि गाई काटेको आरोपमा मानिसलाई फसाउने काम गरिएको उनले आरोप लगाईन । त्यसको बिरुद्धमा आवाज बुलन्द गर्न गएको नेपाल तामाङ घेदुङले् जो बिषय राखेको छ, त्यसलाई आफुले भनेको भनेर चरित्र हत्या गर्ने प्रयास गरिएको उनको दावी थियो । तामाङले यो घटना आफुमाथि मात्र प्रहार नभई देशको संघीयता, धर्मनिपरेक्षता लगायत सबैमा गरिएको प्रहार भएको ठोकुवा गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *