मोरङका दुई स्थान र धरानमा शंकास्पद बस्तु फेला

मोरङ,  चैत ११ । मोरङको उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाका दुई स्थानमा आज बिहान कालो टेपले बाँधेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको छ । उर्लाबारी – ३ स्थित सनुझोडा खोलाको पुल नजिकै प्लास्टिकको बट्टामा कालो टेपले बाँधेर राखेको अवस्था शंकास्पद बस्तु फेला परेको हो ।

नेपाली सेनाको सूर्यदलगण थलाहा ब्यारेकको टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ । यस्तै आज बिहानै पथरीशनिश्चरे नगरपालिका – १ स्थित पूर्वपश्चिम राजमार्ग नजिकै रमपम चाउचाउको काटुर्नमा कालो टेप र तारले बेरेर राखेको अवस्थामा संकास्पद बस्तु फेला परेको छ ।

सो स्थानमा पनि नेपाल सेनाको टोलीले डिस्पोज गर्ने तयारी गरेको छ । प्रहरीले वरपर कडा सुरक्षा व्यवस्था गरेर शंकास्पद वस्तु भएको छेउछाउमा सर्वसाधारणलाई जान रोक लगाइएको छ । सो बस्तु कसले राख्यो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै धरानको व्यस्थ बजार भानुचोक नजिकै शंकास्कपद बस्तु फेला परेको छ । धरान घण्टाघरको पछािडपट्टी निकेतन स्कुल जाने बाटोको मुखैमा खतरा लेखेर शंकास्पद बस्तु राखिएको पाइएको छ ।

विहानै स्थानीयले देखे पछि वरपर त्रास फैलिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले उक्त बस्तु बम हो कि होइन भनेर जाँच गर्न धरान–१३ स्थित फुस्रेबाट नेपाली सेनाको टोली बोलाइएको छ । प्रहरी वरपर कडा सुरक्षा व्यवस्था गिर शंकास्पद वस्तु भएको छेउछाउमा सर्वसाधारणलाई जान रोक लगाइएको छ ।

 

 

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *