आज रामनवमी पर्व, भगवान रामको पूजा गरी मनाइदै

काठमाडौं, चैत ११ । आज रामनवमी पर्व । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी यो पर्व मनाइदैछ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ ।

असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको हो । त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।

यसैबीच, जनकपुरमा राम नवमीको अवसरमा जानकी मन्दिरमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । यो दिन जनकपुरको प्रसिद्ध दूधमति नदीमा नुहाई रामजानकी मन्दिरमा पूजापाठ गर्दा मनोकांक्षा प्राप्त हुने जनविश्वास छ ।

जनकपुरको रामजानकी मन्दिरसहितका मठमन्दिरहरुमा श्रद्धालु भक्तजनले पवित्र सरोबर गंगा सागरमा स्नान गरी पूजा पाठ गरेका छन् । यस अवसरमा नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुर आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *