६१ थान अबैध गोलिया काठसहित सः मिल सञ्चालक पक्राउ

महेन्द्रनगर, चैत १० । कञ्चनपुरको बेलौरीमा रहेका दुईवटा स मिलबाट प्रहरीले ठुलो परिमाणको अबैध काठसहित मिल सञलकलाई पक्राउ गरेको छ ।
बेलौरी– १० भुडाबाट एकसठ्ठी थान अवैध सिसौका गोलियासहित सःमिल सञ्चालक भुपेन्द्र पन्त र देवराज पन्तलाई प्रहरीको क्षेत्रीय विशेष अनुसन्धान आरआइटी टोली र ईलाका प्रहरी कार्यालय बेल्डाँडीको संयुक्त टोलीले काठसहित शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका वन कार्यालय सिंहपुरको हिरासतमा राखिएको छ । सःमिल सञ्चालन गर्दै आएका देवराजको सःमिल बाट ३६ गोलिया र भुपेन्द्रको सःमिल बाट २५ गोलिया सिसौको काठ बरामद भएको सिंहपुर रेञ्जपोष्टका रेञ्जर मोविद अन्सारीले बताए ।

जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले अवैध काठ तस्करीमा संलग्न पक्राउ परेका सःमिल सञ्चालक माथि वन ऐन अन्र्तगत कारवाही गरिने बताए ।

कञ्चनपुरमा अबैध रुपमा ब्यापक बन फँडानी गरिएका समाचार बाम्बार आउने गरेपनि तस्करहरु पक्राउ पर्न सकेका छैनन् । दक्षिणी क्षेत्रका सः मिलहरुमा शुक्लाफाँटा बन्यजन्तु आरक्ष आसपासका जंगलबाट सालका गोलिया ल्याईनुका साथै सीमावर्ती भारतीय क्षेत्रबाट सिसौका काठ भारतीयहरुले नै तस्करी गरेर ल्याउने गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *