लुकाएको खत जब क्षत बिक्षत हुन्छ

 

लुकाएको खत जब क्षत बिक्षत हुन्छ

थाहा हुन्छ को कोसित मेरो संगत हुन्छ

प्रतिस्पर्धा गर्ने बानी नभएर मेरो
अन्तिम भएँ भन्दा पनि कुरा गलत हुन्छ

मेरो ईज्जत बढाउने कोशिश गर्दैछौ
तिम्रो, मेरै कारणले  बेईज्जत हुन्छ

नजरबाट झार्न सक्यौ सजिलै मलाई
दुई थोपा ऑसुमा नि कति ताकत हुन्छ !

तिम्रो खेल्ने धीतलाई मार्न चाहन्छु म
पुतली म बनें भनें केही मद्दत हुन्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *