फ्रान्समा तीन जनाको हत्या गरिसकेका बन्दुकधारी प्रहरी कारवाहीमा मारिए

काठमाडौं, चैत १० । फ्रान्समा आतंकवादी कार्यमा संलग्न एक जना बन्दुकधारी सुरक्षा कार्वाहीमा मारिएका छन् । आफू मारिनुअघि ती व्यक्तिले ट्रेब नगरस्थित एक सुपरमार्केटमा प्रवेश गरी अरू तीन जनाको हत्या गरेका थिए ।

सुपरमार्केटमा छिर्नुअघि एउटा कार आफ्नो नियन्त्रणमा लिने क्रममा उक्त व्यक्तिले कारमा रहेका एक जनाको हत्या गरेको र चालकलाई घाइते बनाएका थिए । बन्दुकधारीले आफू लडाकु समूह आईएससँग सम्बन्धित भएको दाबी गरेका थिए । उनी मोरक्कोको नागरिक भएको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार बन्दुकधारी गोली चलाउँदै सुपरमार्केटभित्र छिरेका थिए । फ्रान्सेली प्रधानमन्त्री इद्र्वा ्फिलिप्‌ले घटनालाई आतकंवादी कृत्य भनेका छन् । सन् २०१५ देखि फ्रान्समा आतंकवादी ठूला आक्रमण भइरहेका छन् । पेरिसमा २०१५ को नोभेम्बरमा भएको आक्रमणमा १३० जना व्यक्ति मारिएका थिए ।(एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *