मैत्रीपुर्ण अन्तराष्ट्रिय फुटबल: ब्राजिलद्धारा रुस ३ शुन्यले पराजित

काठमाडौं, चैत १० । मैत्रीपुर्ण अन्तराष्ट्रिय फुटबलमा ब्राजिलले रुसलाई ३ शुन्यले हराएको छ । ५३ मिनेटसम्म गोल गर्न नसकेको ब्राजिलले १३ मिनेटमा तीन गोल गर्दै जीत हात पार्यो ।

स्टार खेलाडी नेइमार बिनै मैदान उत्रेको ब्राजिलका लागि मिराण्डाले ५३ औ मिनेटमा गोलको खाता खोलेका थिए । त्यस्तै, कोटिन्होले ६२ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे भने ६६ औ मिनेटमा पाउलिन्होले तेश्रो गोल गरे ।

विश्वकप फटबलको आयोजक देश रुसले एक गोल पनि फर्काउन सकेन । पाँचपटकको विश्व विजेता ब्राजिल पछिल्ला ८ खेलमा अपराजित रहेकाे छ । रुससँगको खेलमा नेइमारको अनुपस्थिती नखट्एिको फुटबल पण्डितहरुले विश्लेषण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *