मोहन विक्रम, वैद्य, विप्लव र ऋषि कट्टेलबिच एकता प्रयास

काठमाडौं, चैत ९ । विभिन्न समुहमा विभाजित भएका कम्युनिष्ट पार्टीहरु बिच एकताको थालनी भएको छ । दक्षिणपन्थी वामपन्थी भनिएका प्रमुख सत्तारुढ दलहरु एमाले र माओवादी केन्द्रबीच आगामी वैशाख १० गते पार्टी एकता हुने चर्चा चलिरहेका बेला आफुलाई क्रान्तिकारी दाबी गर्ने साना कम्युनिष्ट समुहहरुबिच एकताको थालनी भएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकताका लागि पहल शुरु भएको हो ।

त्यसका लागि शुक्रवार बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी एकताका लागि आधार तयार पार्न छलफल र बहस गर्दै जाने तथा सहमति भएका विषयमा संयुक्त आन्दोलन गर्ने ठेगान भएको बैठकपछि मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आन्दोलनका ठोस कार्यक्रम बनाउन अर्को बैठक बस्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय
प्रेस नोट
आज मिति २०७४ चैत ९ गते चार पार्टी – नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त बैठक सम्पन्न भयो । बैठकमा पार्टी एकताका लागि आधार तयार पार्न छलफल र बहस गर्दै जाने र सहमति भएका विषयमा संयुक्त आन्दोलन गर्ने ठेगान भएको छ । आन्दोलनका ठोस कार्यक्रम बनाउन अर्काे बैठक बस्ने निर्णय भएको छ । 
२०७४ चैत ९ गते 
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *