सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना, ३ को मृत्यु

” 

काठमाडौँ, चैत ९ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तामाखानीमा यात्रुबाहक बस दुर्घटनाग्रस्त हुँदा ३ को मृत्यु भएको छ । काठमाडौं जोरपाटीबाट भोटेनाम्लाङ जाँदै गरेको आमा ह्याल्मो यातायातको बा २ ख ४३२५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको र ३ यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

बस मेलम्ची खानेपानी परियोजनाको सिन्धु अडिट मार्गको तामाखानीबाट सय मिटर तल खसेको छ । दुर्घटनामा १५ यात्रु घाइते भएको र च्यापिएका यात्रुको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *