युएस बंगला एयरलाइन्स का चालक अविद सुल्तानकी पत्नीको मृत्यु

काठमाडौँ, चैत ९ । गत फागुन २७ गते दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानको हर्ट अट्याक का कारण (आज) शुक्रबार निधन भएको छ ।

बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा उनको मृत्यु भएको हो । उनलाई गत आइतबार अस्पताल भर्ना गरिएको थियो ।

उनको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम द डेली स्टारलाई बताएका छन् ।

मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवारले जनाएको छ ।

पाइलट अविदले चलाएको जहाज फागुन २८ गते काठमाडौंमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा २६ जना बंगलादेशी, १ चिनियाँ र १ जना माल्दिभ्सका नागरिक छन् । बाँकी २१ जना नेपाली रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *