कांग्रेस नेता खुमबहादुर खड्का भेन्टिलेटरमा !

काठमाडौँ, चैत ९ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर भएको छ । लामो समयदेखि मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचार भैरहेको छ ।

उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । अहिले स्वास्थ्यमा केही सुधार भएको परिवारले बताएका छन् ।

४ फागुनमा बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ कम नभएपछि एपोलोमा लगिएको थियो । उनलाई ६ फागुनमा थप उपचारका लागि एपोलो लागिएको हो ।

यसैबीच उनको स्वास्थ्य लाभको कामना गर्दै गृहजिल्ला दाङमा पूजाआजा गरिएको छ । पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकले खड्काको स्वास्थ्य लाभको कमना गर्दै बिहीबार पूजा गरेका हुन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *