दरबन्दीविना विभाग बस्ने कर्मचारीकाे हाजिर राेक्न मन्त्री विष्टकाे निर्देशन

काठमाडौं, चैत ९ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले दरबन्दीमा रहेकाबाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलार्इ निर्देशन दिनुभएको छ।

विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको खबर अाजकाे नयाँ पत्रिकामा प्रकाशित भएपछि मन्त्री विष्टले दरबन्दीविना नै विभागमा बसिरहेका कर्मचारीको हाजिरी रोक्न निर्देशन दिनुभएको हो ।

वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । स्थानीय तहमा खटाइएका ती कर्मचारी पहुँचका अाधारमा त्यहाँ बसिरहेका थिए ।

खटाइएकाे ठाउँमा नगएका कर्मचारीहरू
१. लोकेन्द्रबहादुर रावल – नायब सुब्बा
२. कुमारबहादुर कटवाल – नायब सुब्बा
३. रवीन्द्र घिमिरे – नायब सुब्बा
४. राजन घिमिरे – नायब सुब्बा
५. गौरीकुमारी कार्की – नायब सुब्बा
६. लक्ष्मण गुरागाईं – नायब सुब्बा
७. केदार घिमिरे – नायब सुब्बा
८. यज्ञप्रसाद आचार्य – नायब सुब्बा
९. यज्ञबहादुर ओली – नायब सुब्बा
१०. विद्याप्रसाद जैसी – नायब सुब्बा
११. सुमन पौडेल – नायब सुब्बा
१२. सधुकर डाँगी – नायब सुब्बा
१३. डम्बरबहादुर विश्वकर्मा – कम्प्युटर अधिकृत
१४. भवानी थपलिया – कम्प्युटर अधिकृत
१५. रञ्जु दाहाल – कार्यालय सहयोगी
१६. तुलसीमान मर्हजन – कार्यालय सहयोगी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *