बाडुली लाग्ने मायालुले सम्झिएरै हो त ? सावधान !

“जो सुकै मानिसलाई पनि बाडुली लाग्छ । बाडुली लाग्नुलाई प्राय सामान्य मानिन्छ । अझ पूर्वी दर्शनमा त बाडुली लाग्नुलाई कसैले सम्झेको भन्ने अर्थ लगाइन्छ ।

तर कसैले सम्झेर बाडुली लाग्ने होइन । बाडुली लाग्नुको कारण अर्कै रहेको छ । धेरै बेरसम्म बाडुली लाग्यो भने त्यो खतरा पनि हुनसक्छ । धेरै बेरसम्म बाडुली लाग्यो भने चिकित्सक कहाँ जानु पर्ने हुन्छ । सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ । हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । हामीले सास लिंदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै अवस्थामा खुम्चन्छ ।

यसक्रममा त्यस झिल्लीले हाम्रो फोक्सोलाई फैलन र खुम्चिन मद्दत गर्छ । त्यस झिल्लीलाई‘ ‘डायफ्रम’ भनिन्छ । त्यही डायफ्रममा कुनै कारणले उत्तेजना भयो भने त्यो अचानक खुम्चिनमात्रै पुग्छ र त्यस्तो अवस्थामा हाम्रो स्वरयन्त्र बीचको भाग बन्द हुन पुग्छ । तर ट्युमर वा मिर्गौलाका केही रोगहरु लाग्दासमेत हामीलाई बाडुली लाग्न सक्छ ।

बाडुली लाग्नु भनेको हाम्रो फोक्सो र वरिपरिका मांशपेशीहरुमा अचानक आउने खुम्चाई हो । जसले गर्दा हामी सास भित्र लिन पुग्छौं । खासमा हाम्रो मांशपेशी खुम्चिएपछि हाम्रो स्वास नलीलाई बन्द गरिदिंदा हिक–हिक आवाज आउँछ । यो अवस्थालाई नेपाली भाषामा‘ ‘बाडुली लागेको’ भनिन्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *