सर्दु जलाधार क्षेत्रबाट चिहान हटाउन माग, पर्यटन प्रवद्र्धनमा जोड

धरान, चैत ८ । सर्दुजलाधार क्षेत्रले पानी मात्र नभई स्वच्छ हावा र धरान, भेडेटारको सौन्दर्यता पनि वढाउने काम गरेको हुनाले यसको वरीपरी वस्ने मानिसहरुको जीविकोपार्जनको लागी पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउनु पर्ने स्थानीय वासिन्दाहरुले माग गरेका छन् ।

“प्रकृति सरक्षणका लागी पानी“ भन्ने नाराका साथ विश्व पानी दिवस मनाउने क्रममा विहिवार ओशो आश्रम सर्दु खोलामा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुको भेलाले सर्दु जलाधार क्षेत्रका तल्लो तटिय ईलाकामा जैविक विविधता पार्कको निर्माण गर्न माग गरेका छन् । उनीहरुले सो क्षेत्रमा ४ सय प्रकारका वनस्पती २८ प्रकारका जीवजन्तु, जलचर, उभएचर, पुतलीहरुको सानो संसार नै भएकोले यसको संरक्षणको लागी पनि जैविक विविधता पार्कको निर्माण गरी पर्यटक पनि आकर्षित गर्न सकिने सुझाव दिएका छन् ।

वातावरण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले सर्दु जलाधार क्षेत्रको दिगो संरक्षण, तारवार लगाएर चौकिदार राखेर भन्दा पनि स्थानीय जनताहरुकै जागरुकतामा निर्भर रहने भएकोले उनीहरुमा जनचेतना वढाउने र आयआर्जन गर्ने जस्ता कार्यक्रम ल्याउन नगरका जनप्रतिनिधीहरुले ध्यान दिनु वताए । एडिवी परीयोजनाले पनि सर्दु जलधार क्षेत्रका ठुला ठुला पानीका टंकी र पाइप विछ्याउने मात्र काम गरेर नपुग्ने त्यसको साथमा पानीका श्रोतको संरक्षणमा पनि वजेट विनियोजन गर्नु पर्ने वताए ।

 

सो कार्यक्रममा धरान वार्ड न २० का वडाध्यक्ष मणीराम राईले विष्णु पादुवा क्षेत्रमा धार्मिक तथा प्राकृतिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने वताउंदै यहा“ ओशो आश्रमले देश विदेश वाट आध्यात्मिक पर्यटकहरु ल्याउन मद्धत गरी रहेको वताए । उनले जलाधार क्षेत्रमा मरेको मान्छे गाड्न अव रोक लगाउनु पर्नेमा जोड दि“दै वन ऐन अन्तर्गत जथाभावी चिहान वनाउनेहरुलाई रोक लगाइ भएका चिहानहरुको व्यवस्थापन गर्न चा“डै नै एक समिति वनाउने जानकारी दिए ।

यसै गरी गणतन्त्र एफएमका अध्यक्ष गणेश आचार्यले हामीले आफ्नो प्राकृतिक श्रोत साधनको महत्व र व्यवस्थापन गर्न नजान्दा ठुलो लाभ लिनवाट वन्चित भएका छौ भन्दै सर्दु जलाधार क्षेत्र पनि धरानको लागि एउटा अमुल्य सम्पति हुदाहुदै पनि यसवाट ठुलो लाभ लिन नसकेकोमा दुख व्यक्त गरे ।

धरानको पानी व्यवस्थापन र जलाधार क्षेत्रको संरक्षणमा काम गर्देै आएको वातावरण तथा पर्यटन विकास केन्द्रको आयोजनामा विगत १० वर्ष देखि मनाउ“दै आएको विश्व पानी दिवस यस वर्ष पनि जलाधार क्षेत्रको चिहान व्यवस्थापन र सरसफाई अभियान गरी धरान उपमहानगर पालिकाको सहयोगमा सम्पन्न गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *