पहिलो विदेश भ्रमणका लागि प्रधानमन्त्री ओलीले रोजे ‘भारत’

काठमाडौं, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण कुन देशबाट होला भन्ने सर्वसाधारणको अड्कलबाजी मेट्दै ओलीले पहिलो विदेश भ्रमणका लागि भारत नै रोजेका छन् ।

चैत अन्तिम साता प्रधानमन्त्री ओली भारत जाने गरी परराष्ट्र मन्त्रालयले तयारी थालेको हो । स्रोतका अनुसार ओलीले चैत २३ देखि २५ सम्म तीन दिने भारत भ्रमण गर्न लागेपनि परराष्ट्र मन्त्राललये प्रधानमन्त्री ओलीको भ्रमणको आधिकारिक मिति सार्वजनिक गरिसकेको छैन ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले प्रधानमन्त्रीले भारत भ्रमण गर्ने निश्चित भएपनि त्यसवारे छलफल भइरहेको बताए ।

ओली प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक–पटक भारत भ्रमणको निम्ता दिएका थिए । त्यस्तै बाम गठबन्धन निर्वाचनमा विजयी भएसँगै भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौ नै आएर त्यसवेला भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई भारत भ्रमणको निम्तो दिएकी थिइन् ।
ओलीलेले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेलगत्तै दुई जना मन्त्री भारत भ्रमणमा गएका थिए ।

अर्थमन्त्री युवराज खतिवडा र उद्योग वाणिज्य मन्त्री मात्रिका प्रधानमन्त्री ओलीको भारत भ्रमणको वातावरण बनाउन भारत गएको बताइएको छ ।

परराष्ट्र मन्त्रालयबाट आधिकारिक पुष्टि नभएपनि परराष्ट्रका एक अधिकारीले प्रधानमन्त्री ओली चैत २३ गते भारत भ्रमणका लागि जाने तयारी भइरहेको जानकारी दिए ।

यसअघिका प्रधानमन्त्रीहरुले पनि पहिलो विदेश भ्रमणको गन्तब्य भारतलाई नै बनाउने गरेका थिए । यसअघि २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री भएका ओलीले त्यसै वर्षको फागुन ७ देखि ११ सम्म भारतको राजकीय भ्रमण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *