सात वर्षीय बालिकालाई बेच्न खोज्ने भारतीय नागरिक पक्राउ

नवलपरासी, चैत ८ । सात वर्षीय बालिका बेच्नका लागि भारततर्फ लैजान लागेका एक भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटना पश्चिम नवलपरासीमा घटेको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका महाराजगञ्ज डोमहाका ५० वर्षीय धु्रव हरिजन रहेका छन् ।

हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी छोरी नब्या कलवारलाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लागेको आरोपमा उनलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

पक्राउ परेका हरिजन बालिकाको घरमा दिनहुँजसो मदिरा सेवनका लागि आउने गर्थे । मदिरा सेवनका नाममा दिनहुँ बालिकाको घरमा आएर चिनजान बढाएपछि मामाघर लैजाने भन्दै मिठाइ दिएर साइकलमा राखेर भारततर्फ लैजान लागेको बालिकाका अभिभावकको आरोप छ ।

बालिका घरमा नदेखिएपछि खोजतलास गर्दा घरपरिवार र गाउँलेले खोजी गरेका थिए । आवतजावत गर्ने यात्रीहरुको उपस्थिति नदेखेपछि बालिकालाई त्रास देखाउँदै आफ्नो गाउँतर्फ लैजानेक्रममा स्थानीयवासीले फेला पारेर प्रहरीलाई बुझाएका थिए ।

आरोपित हरिजनलाई इलाका प्रहरी कार्यालयमा बेलाटारीमा राखेर छानवीन थालिएको बेलटारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवसिंह थापाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *