नेपालमा सद्भाव खलबल्याउने काम नगर्न इयुलाई मसालको चेतावनी

काठमाडौं, चैत ८ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले युरोपियन युनियनको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । मसालले ईयूको निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदनले नेपालको आन्तरिक सद्भावलाई खलबल्याउने मनसाय राखेको भन्दै आन्तरिक मामिलामा हस्तक्षेप नगर्न मसालले चेतावनी दिएको छ ।

नेकपा(मसाल) का प्रवक्ता रामप्रकाश पुरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा इयूले खस–आर्य कलस्टरबारे व्यक्त गरेको धारणाको प्रति कडा आपत्ति जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा समानुपातिक प्रतिनिधित्वमा जोड दिइ एकता र सद्भाव कायम राख्नका लागि भएको उक्त सम्वैधानिक व्यवस्थालाई चुनौती दिंदै नेपालमा जातीय समस्यालाई बल्झाउने प्रकारले ‘खस आर्यको आरक्षण खारेज गर्न पर्ने’ भनी ईयूले प्रतिवेदन दिएको छ ।’

यस्तो छ विज्ञप्ति
युरोपियन यूनियन(ईयू)ले निर्वाचन पर्यवेक्षणसम्बन्धी दिएको आफ्नो अन्तिम प्रतिवेदनमा नेपालको आन्तरिक सद्भावलाई खलबल्याउने मनसाय स्पष्ट देखिएकोले हाम्रो पार्टी ने.क.पा.(मसाल)ले त्यसको विरोध र भ्रत्र्सना गर्दछ ।
निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएको ईयुको निर्वाचन पर्यवेक्षण मिसनले गत मङ्गलबार सार्वजनिक गरेको आफ्नो अन्तिम प्रतिवेदनमा नेपालको सार्वभौमिकता र आन्तरिक मामिलामा दखल पुग्ने कैयौँ विवास्पद विषयहरू अगाडि आएका छन् । त्यसमा नेपालको संविधान, २०७२ मा व्यवस्था भएको प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक सहभागिता सम्बन्धीको प्रावधानलाई तोडमोड गरेर रिपोर्टहरू प्रस्तुत गरिएको छ । संविधानमा समानुपातिक प्रतिनिधित्वमा जोड दिई एकता र सद्भाव कायम राख्नका लागि भएको उक्त सम्वैधानिक व्यवस्थालाई चुनौति दिंदै नेपालमा जातीय समस्यालाई बल्झाउने प्रकारले ‘खस आर्यको आरक्षण खारेज गर्न पर्ने’ भनी ईयूले प्रतिवेदन दिएको छ । नेपालको वर्तमान संविधानमा प्रतिनिधि सभा र प्रदेश सभामा आरक्षणसम्बन्धी व्यवस्था नभएको र सम्बैधानिक व्यवस्था अनुसार नै समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सो व्यवस्था अनुसार नै खस आर्य वा अरू बिभिन्न जाति वा क्षेत्रहरूको पनि समानुपातिक प्रतिनिधित्व हुने भएकोले ईयूको सो प्रतिवेदन गलत र भ्रामक पनि छ । त्यसरी जातीय सद्भाव, राष्ट्रिय एकता तथा नेपालको आन्तरिक मामिलामा समेत आँच पुग्ने गरी ईयूले आफ्नो प्रतिवेदनमा व्यक्त गरेका ती धारणाहरूको हाम्रो पार्टीले विरोध गर्दछ । यसका साथै राष्ट्रिय हित, सम्बद्र्धन र सद्भाव कायम राख्दै एकतावद्ध हुनाका लागि हामी नेपाली जनतासित अनुरोध पनि गर्दछौँ ।

२०७४ चैत्र ८ गते ।

रामप्रकाश पुरी
प्रवक्ता

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *