एनआइसी एसियाको लोन नतिर्ने उध्योगी अग्रवाल पक्राउ

 काठमाडौं, चैत ८ ।  पहिलो पटक प्रहरीले ऋण असुली न्यायाधीरकणको आदेसमा कर्जा नतिर्ने उध्योगीलाई पक्राउ गरेको छ । एनआइसी एसिया बैंकवाट लोन लिएर नर्तिने उध्योगी मधुसूदन अग्रवाल र विनोदकुमार अग्रवाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकले लोन असुल गरी पाउँ भनेर न्याधीकरणमा निवेदन दिएको थियो । न्यायाधीकरणले महानगरीय प्रहरी परिसरलाई पत्राचार गरी उनीहरुलाई पक्राउ गरेर लोन असुल उपर गराउन आदेश दिएको थियो । एनआइसी एसिया बैंकले न्यु अनिल टेक्सटाइल इन्डस्ट्रिजका विरुद्धमा दिएको उजुरीमा फैसला गर्दै न्यायाधीकरणले ९ करोड २१ लाख रुपैयाँ बिगो हठर गरेको थियो ।

न्यायाधीकरणले टेक्सटाइल तथा व्यक्तिगत जमानीकर्ताको चल–अचल सम्पत्ति लिलाम गरी बिगो रकम असुलउपर गर्न निर्देशन दिएको थियो । तर, बारम्बारको तोकतापछि पनि ऋणी सम्पर्कमा नआएको र ऋणीको कुनै पनि सम्पत्ति फेला नपरेको भन्दै न्यायाधीकरणले पक्राउ पुर्जी जारी गरेको हो ।

न्यु अनिल टेक्सटाइल इन्डस्ट्रिजले विनोदकुमार अग्रवाल, मधुसूधन अग्रवाल र किशन शर्माको व्यक्तिगत जमानीमा एनआइसी एसिया बैंकबाट ५ करोड रुपैयाँ कर्जा लिएको थियो । तर, टेक्सटाइल नै बन्द गरी ऋणीहरू सम्पर्कमा नआएपछि बैंकले २०७१ साल पुस ३ गते न्यायाधीरकणमा टेक्सटाइलका विरुद्ध उजुरी दिएको थियो ।

त्यस्तै, न्यायाधीकरणले २०७३ साल माघ १३ गते ऋणीको चल–अचल सम्पत्ति लिलाम गरी बैंकको सावाँ र ब्याज असुलउपर गर्ने फैसला गरेको थियो । ऋणीमध्येका दुईजना पक्राउ परे पनि किशन शर्मा भने अझै सम्पर्कविहीन छन् । पक्राउ परेका विनोदकुमार अग्रवाल मधुसूदन अग्रवालका पिता हुन् । अमृत भोगमा उनीहरूले अप्रत्यक्ष लगानी गरेको बुझिएको न्यायाधीकरणले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *