एसईई देशभर सुरु, परीक्षामा ४ लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी

काठमाडौ, चैत ८ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुुसार यसपटक नियमित र एक्जाम्टेड समूहबाट गरेर कुुल चार लाख  ८५ हजार परीक्षार्थी सहभागी भएका छन् ।

परीक्षाका लागि एक हजार नौ सय ५६ वटा परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्दा बढी १ लाख ८२ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।

प्रदेश ४ बाट ४८ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार र प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदै छन् । यसपटकको परीक्षामा सामान्य धार, संस्कृत र प्राविधिक धारका समेत गरी ८८ वटा विषयको परीक्षा हुुनेछ ।
यसपालिबाट अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने व्यवस्था गरिएको छ । परीक्षार्थीले गे्रड पद्धतिमा नम्बर पाउने छन् ।

यसपटक कुुल आठ सय पूर्णांकको पुुराना विद्यार्थीलाई पुुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोधिनेछ । परीक्षा चैत २० गतेसम्म सञ्चालन हुुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *